Logo

पहिलो पटक हाजार्ड टोली प्रि सिजनमा सामेल



Spread the love

२५ असार, काठमाडौं । यसै सिजन मात्र रियल म्याड्रिडमा आबद्ध भएका इडन हाजार्ड पहिलो पटक टोली प्रि सिजन प्रशिक्षणमा सामेल भएका छन् । यहि सिजन चेल्सीबाट १ सय ५० मिलियन पाउन्डमा हाजार्ड स्पेनिस क्लब रियल पुगेका थिए ।

कप्तान सर्जियो रामोस पनि प्रशिक्षणमा सामेल भएका छन् । चाइनिज सुपर लिग क्लबमा जाने हल्लाका वावजुद रामोस रियलमै रहने भएका हुन् । गेराथ बेल पनि टोलीको अभ्यासमा फर्कने छन् । तेस्रो स्थानमा लिगाको अन्त्य गरेको रियल च्याम्पियन बार्सिलोना भन्दा १९ अंकले पछाडि रहेको थियो ।

मार्चमा जिदानले प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल सुरु गरेका थिए । जिदानले गत सिजनको अन्त्यसँगै रियल छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्