Logo

३२ जना नेपाली बाेकेकाे बस शारदा नहरमा खस्यो



Spread the love

२६ असार,भारत। भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खसेको छ। नहरबाट ३२ नेपाली र एक भारतीय नागरिकलाई भारतीय प्रहरीले जीवितै उद्धार गरेको हो । शिमलाबाट दाङको लागि छुटेको नेपाली बस विहान शारदा नहरमा खसेको भारतीय मिडियाहरुले जनाएको छ ।

प्रहरीको अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त घटना भएको हो । उद्धार गरिएका सबै नेपालीलाई उपचारपश्चात दाङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्