Logo

टिकटक बनाउँदा तालमा खसेर एकको मृत्यु



Spread the love

२७ असार, काठमाडौं । पछिल्लो समय टिकटकको लोकप्रिय निकै बढिरहेको छ । टिकटकमा झुम्मिनेहरुको संख्यामा बृदि भैरहेको छ ।
त्यसैक्रममा टिकटकको क्रेजले एक जनाको ज्यान लिएको छ । हैदराबादको मडचल जिल्लास्थित बिहीबार साँझ दुलापाल्ली लेकमा टिकटक भिडियो खिच्दै गर्दा २४ वर्षीय युवाको तलाउमा खसेर मृत्यु भएको छ ।

नरसिम्ह नाम गरेका युवा आफ्ना केही साथीहरुसँगै टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

तलाउमा खसेपछि उनले पौडी खेल्न नजानेपछि बचाउको लागि हात फैलाउँदै गरेको तर उद्दार हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्