Logo

आदिवासी जनजाति युवा विद्यार्थीद्वारा लखेटिए मन्त्री लालबाबु पण्डित



Spread the love

२७ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् ।

शुक्रबार बिहान जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको १९ औं सञ्चालक परिषदको बैठक स्थलमा प्रवेश गरेका पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले लखेटेका हुन् ।

भित्र बैठक चलिरहदा केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै पसी होहल्ला गर्न थाले ।

प्रत्यक्षदर्शीका अनुसार स्थिति नियन्त्रण बाहिर हुन थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्