Logo

राष्ट्रपति रनिङ शिल्डमा गुल्मीलाई दुई रजत र दुई कास्य मात्र



Spread the love

२७ असार, गुल्मी – प्रदेश नम्वर पाँचको पाल्पा मा सम्पन्न ११ औ राष्ट्रपति रनिङ शिल्डमा गुल्मीले मात्र चार पदकमा चित्त बुझाएको छ ।
असार २५ देखि  २७ गतेसम्म चलेको प्रतियोगितामा प्रदेश नम्वर पाँचका १२ जिल्लाका ८ सय ४० जना खेलाडीले २९ स्वर्ण, २९ रजत र ५८ कास्यका लागि प्रतिस्पर्धा गरेका थिए ।

गुल्मीलाई छात्र ५१ केजी उमेर समुहमा दिपेन्द्र चुदारा र छात्रा तर्फ ४४ केजी उमेर समुहमा दीपा पुनले रजत पदक दिलाउन सफल भएको परीक्षक गिरि प्रसाद महाकीमले जानकारी दिएका छन् । साथै उनीहरु प्रदेशबाट राष्ट्रिय खेलका लागि समेत छनोट भएको परीक्षक महाकीमले सल्लेरी खबरलाई बताए ।

त्यस्तै, छात्रा ४०० मिटर दौडमा मनिषा सेनले कास्य पदक हात पारेकी छन् भने रीता रानाले हाईजम्पमा गुल्मीलाई कास्य पदक दिलाएकी छिन् । कबड्डी खेलमा गुल्मीले पराजय भोगे पनि उच्च खेल प्रदर्शन गर्दै सबिना क्षेत्री प्रदेशबाट राष्ट्रिय खेलका लागि छनोट हुन सफल भएकी छन् ।
गुल्मीबाट विभन्नि ६ विधामा ८६ जना खेलाडीहरुले सहभागीता जनाए पनि गुल्मी भने स्वर्ण पदक विहिन बनेको छ । यता, परीक्षक गिरी प्रसाद महाकीमले सबै खेलाडीले राम्रो पर्दशन गरेको र प्रायः सबै खेलाडी चौथो स्थानबाट बाहिरिएको उल्लेख गरे । आगामि दिनमा थप मेहनत गर्न थप हौसला मिलेको समेत बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्