Logo

गुल्मीमा राष्ट्रपति खेलकुद अभिवृद्धि कार्यक्रम सुरु



Spread the love

२७ असार, गुल्मी – प्रदेश नम्वर पाचको पहाडी जिल्ला गुल्मीमा शुक्रबारदेखि राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धी कार्यक्रम सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् नेपालको नीति अन्तर्गत महिला सशक्तीकरणको लागि “हाम्रो संकल्प खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने मुल नाराका साथ आजदेखि सुरु भएको कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न विद्यालयका ३ सय छात्रा खेलाडीको सहभागिता रहेको छ ।

खेलकुदमा महिलाको सहभागिता गराई शारिरीक रुपमा स्वस्थ्य र बलियो ईच्छा शक्ति जागृत गर्नका साथै विभिन्न अवसरहरुमा आफ्नो पहिचान दिलाउन सकुन् र महिला हिंसाको न्युनीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला खेलकुद कार्यलय गुल्मीका कार्यलय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

राष्ट्रिय परीक्षक रोम दाहाल र चन्द्र गैरेले दुई दिनसम्म परिक्षण दिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले बताए । साथै भण्डारीले भने बर्खाको सिजन विद्यार्थीको जाँच तथा विविध प्राविधिक कारणले गर्दा विद्यार्थीको सहभागीतामा केही कमि देखिएको उल्लेख गरे ।

कार्यक्रम सदरमुकाम केन्द्रित, सदरमुकामकै खेलाडीलाई अवसर

गुल्मीमा हुने खेलकुद गतिविधिहरु प्रायः सदरमुकाम केन्द्रित हुने गर्दछन । अन्य क्लब संस्थाले आयोजना गर्ने कार्यक्रम मात्र नभई राष्ट्रिय खेलकुद परिषदबाट सञ्चालित हुने कार्यक्रम पनि सदरमुकाम मै सिमित रहेको पाईन्छ । किन सबै कार्यक्रम सदरमुकाम केन्द्रित नै हुन्छन् त ? भन्ने सल्लेरी खबरको प्रश्नमा जिल्ला खेलकुद कार्यलयले सिमित स्रोत साधन तथा आर्थिक अभावका कारण सदरमुकाम कार्यक्रम गर्नु परेको बताइएको छ । सदरमुकाममा कार्यक्रम हाम्रो रहर नभएर बाध्यता रहेको कार्यलयको भनाई रहेको छ ।

यसै सन्दर्भमा कार्यलय प्रमुख डिल्ली विश्वकर्माले भने खेलाडीहरुको लागि नास्ता मात्र रा.खे.प ले व्यवस्था गर्ने सदरमुकाम बाहिरका खेलाडीलाई ल्याउँदा खान, बस्न र यातयातको व्यवस्था गर्न नसक्दा खेलाडीहरुको सहभागिता गराउन नसकेको उल्लेख गरे । “राखेपबाट आयोजना हुने सबै खेलकुद गतिविधिमा हामीले जानकारी गराएका हुन्छौ । तर, सहभागिता भने न्युन रहन्छ ।” विश्वकर्माले भने ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्