Logo

ग्रिज्मन अन्तत: क्याटलान क्लब बार्सिलोना आउने पक्का



Spread the love

२८ असार, काठमाडौं । एन्टोइन ग्रिज्मन अन्तत: क्याटलान क्लब बार्सिलोना आउने पक्का पक्कि भएका छन् । शुक्रबार ला लिगाको मुख्यालयमा ग्रिज्मनका वकिलले तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेका हुन् । रिलिज क्लब तिरेपछि बार्सिलोनाले ग्रिज्मनलाई अनुबन्ध गर्न सबै बाधा फुकेको छ ।

आइतबार ग्रिज्मनलाई बार्सिलोनाले समर्थकमाझ प्रस्तुत गर्ने भएको छ । यद्यपि अन्य खेलाडीझैं उनलाई सार्वजनिक गर्ने कार्यक्रममा थप सुरक्षा कडाइको लागि क्लबले आव्हान गरेको छ ।

उनले एटलेटिको छाड्दा गरेको व्यवहारलाई कतिपय बार्सिलोना समर्थकले पनि रुचाएका छैनन् । गतवर्ष बार्सिलोनाले औपचारिक प्रस्ताव राखेको अवस्थामा ग्रिज्मनले नकारेसंगै केहि समर्थक रुष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्