Logo

दैनिक किसमिस खानुस्, वजन आफै बढ्नेछ



Spread the love

मोटालाई जति ज्यान घटाउन चिन्ता हुन्छ नि तेतिनै दुब्लालाई ज्यान बनाउने उतिकै रहर हुन्छ । तपाईं पनि निकै पातलो हुनुहुन्छ भने स्वस्थ रुपमा शरीरको वजन बढाउने उपायको खोजीमा पक्कै हुनुहुन्छ । यसका लागि एकदमै उपुक्त आहार किसमिस हो।

हामीले सोचेभन्दा निकै पौष्टिक तत्व पाइन्छ किसमिसका स–साना दानाहरुमा । स्वास्थ्यका लागि किसमिसको सेवन निकै लाभदायक हुनुको साथै खासगरी वजन बढाउन त यो औषधिको गोलीभन्दा कम छैन ।

किसमिस ‘हाई क्यालोरी फुड’ हो । धेरै क्यालोरी हुने खाद्यवस्तुले शरीरको वजन बढाउन निक्कै मद्दत गर्छ । किसमिसमा उच्च मात्रामा फाइबर हुने हुनाले पाचन प्रक्रियालाई तन्दुरुस्त राख्नुको साथै भोकलाई जगाउँछ । भोक जाग्नु वजन बढाउने दिशामा महत्वपूर्ण उपलब्धि हो ।

किसमिसले बोसो जमाउने या पेट बढाउने नभई मांशपेशीको वृद्धिमा मद्दत गर्दछ । यसबाट तपाईंहरुको मोटोपन बढाउनभन्दा पनि स्वस्थ ढंगको वजन वृद्धिमा मदत पुग्दछ ।

हामीले राती सुत्नुअघि १०–१२ दाना किसमिस पानीमा भिजाउने । बिहान उठ्ने बितिकै पहिले किसमिस भिजाएको पानी पिउने र त्यसपछि किसमिसलाई राम्ररी चपाएर खानुपर्छ ।

वजन बढाउन चाहानामा अतिरिक्त डाइट लिइरहनुभएको छ भने पनि तपाईं त्यसैमाथि ७–८ दाना किसमिस पनि थप्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्