Logo

प्रदेश नम्बर २ सरकारले मृतक परिवारलाई ३ लाख रुपैया राहत उपलब्ध गराउने



Spread the love

२८ असार, धनुषा । बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश नम्बर २ सरकारले प्रत्येक मृतक परिवारलाई तीन लाख रुपैया राहत उपलब्ध गराउने भएको छ ।

अविरल वर्षाले प्रदेशको ८ वटै जिल्लाको जनजीवन अस्त बेस्त भएको बेला आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०\१० लाख रुपैया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

बाढी पहिरोका कारण अवरुद्ध भएको बाटोको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसंग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भईरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्