Logo

रोहितको कीर्तिमान तोड्ने अवसर केन र रुटलाई



Spread the love

२८ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तिम चरणमा आइपुगेको छ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र दुई पटकको विजेता भारत पराजित भएसँगै विश्वकपको उपाधि होड थप रोमान्चक बनेको हो ।

आइतबार इङ्ल्यान्ड र न्युजिल्यान्डबीच उपाधि भिडन्त हुदैछ । २७ वर्षपछि फाइनलमा पुगेको इङ्ल्यान्ड र गत संस्करणको उपविजेता न्युजिल्यानड उपाधि जित्ने रणनीतिका साथ पहिलो पटक आमनेसामने हुदै छन्।

त्यस्तै, सर्वाधिक रन बनाउने खेलाडीमा यी दुई देशका खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्नेछन् । यो अवसर न्युजिल्यान्डका कप्तान केन विलियम्सन र इङ्ल्यान्डका जोय रुटलाई छ ।यी दुवै रोहित शर्मा भन्दा १ सय र ९९ रनले पछि छन् ।

भारतका रोहित शर्मा कीर्तिमानी पाँच शतकसँगै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । उनीभन्दा १ रन कम बनाएका अस्ट्रेलिया डेविड वार्नर दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्