Logo

रेड रक स्पोर्ट्सद्वारा सोमपाललाई पनि प्रायोजन



Spread the love

२८ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई पनि भारतीय कम्पनी रेड रक स्पोर्ट्सले प्रायोजन गरेको छ ।

शनिबार रेड रकले एक प्रेश विज्ञप्ती जारी गर्दै सोमपाललाई २ वर्षको लागि प्रायोजन गर्ने जनाएको हो । सम्झौता अनुसार रेड रकले सोमपाललाई ३ हजार देखी ५ हजार अमेरिकी डलरका साथै खेल सामग्री उपलब्ध गराउने भएको छ । केहि साता अघि करण केसीलाई र गतवर्ष भिम सार्कीलाई रेड रकले अनुबन्ध गरेको थियो ।

रेड रकले विश्वप्रसिद्ध भारतीय क्रिकेटरलाई पनि प्रायोजन गरेको थियो । सोमपाल नेपाली टोलीका महत्वपूर्ण सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्