Logo

गुल्मीमा जेष्ठ नागरिकलाई लठ्ठी र कम्बल, खेलाडीलाई उच्च सम्मान



Spread the love

२८ असार, गुल्मी – गुल्मीमा जेष्ठ नागरिक र खेलाडीलाई सम्मान गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ ले आफ्नो वडाको नीति तथा कार्यक्रम अन्तर्गत खेलाडी र जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

शनिबार एक कार्यक्रम माझ वडा नम्बर ८ भित्र रहेका ७५ वर्ष भन्दा माथिका २६ जना वृद्धालाई सम्मान सहित लठ्ठी र कम्बल  वितरण गरिएको हो । उक्त कार्यक्रममै वृद्धहरुको स्वास्थ परिक्षण समेत गरिएको छ ।

त्यस्तै, वडाले खेलाडीहरुलाई पनि उच्च सम्मान गरेको छ । यो वर्ष छैंठौ दक्षिण प्रोफेशनल खेलकुद प्रतियोगिताको आईटिएफ तेक्वान्दोमा ४६ देखि ५० केजी उमेर समुहमा स्वर्ण पदक हात पारेका विरेन्द्र कुँवर र प्रदेश स्तरीय प्रोफेशनल खेलकुद प्रतियोगितमा आईटिएफ तेकान्दो तर्फै ५० देखि ५५ केजी उमेर समुहमा स्वर्ण पदक हात पारेकी पुजा रसाईलीलाई उच्च सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको हो ।

पछिल्लो समय वृद्धहरुलाई वृद्ध आश्रममा राख्ने र घर परिवार तथा समाजले ख्याल नगर्ने जस्तो मनोवृत्ति बढ्दै गएकाले वृद्धहरुलाई सम्मान गरिएको वडा अध्यक्ष भरत भलामीले बताए । त्यस्तै खेलाडीहरुको मनोबल उच्च बनाउनुका साथै थप हौसला प्रदान गर्ने उदेश्यले खेलाडीलाई सम्मान गरिएको वडा सचिव निर्मला रोकाले सल्लेरी खबरलाई बताईन ।

कार्यक्रममा धार्मिक प्रवचन समेत दिइएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्