Logo

गुल्मीमा झ्यालबाट हाम फाल्दा एक जनाको मृत्यु



Spread the love

सुमन महतारा


२९ असार, गुल्मी –  गुल्मी जिल्लाकाे मुसिकोट नगरपालिकामा घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर एक व्यक्तिको ज्यान गएको छ ।

गुल्मीको मालिका गाउँपालिका १ नेटा घर भई हाल मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरि बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको छ ।

शनिबार राती झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका घर्तिलाई लुम्बिनी मेडिकल कलेज वामी शाखामा उपचार हुन नसकेपछि थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै आइतबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

स्थानीयबासीका अनुसार शनिबार राती घर्ती डेरा नजिकै अन्य कसैको घरमा बस्न गएका थिए ।

परःस्त्रीगमनको आशंका लागेर घर्तिकी श्रीमतीले उनी बसेको घरको बाहिरबाट ढोका लगाई दिएपछि आत्तिएर भाग्न खोज्दा घर्ती सोही घरको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए ।

उनको शव अहिले पोष्मार्टम गरि परिवारलाई बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले बताएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्