Logo

डुंगाले डुबाएको ब्राजिललाई उतार्ने टिटे



Spread the love

३० असार, काठमाडाैँ – आफ्नै घरेलु मैदानमा आफै ध्वस्त भएको पीडादायक घटनामा अन्ततः ब्राजिल केही हदसम्म मल्हम लगाउन सक्षम भएको । १२ वर्ष पछिको कोपा अमेरीकाको उपाधि उचाल्दै ५ वर्ष अघि जर्मनीले विश्वकपको सेमिफाइनलमा हानेको आधा दर्जन गोलको जवाफ सायद गत आइतबार राति भएको खेल र नतिजाबाट नै विश्व फुटबललाई दिइसकेको छ । अब ब्राजिल हारको स्मरणमा दुखि नभइ जीतको खुशीमा रम्नेछ । पहिले जस्तै ।

५ पटकको विश्वकप विजेता ब्राजिल फुटबलको सबैभन्दा कडा र विपक्षीका खतरनाक लागि टिम हो भन्ने मान्यतालाई सन् २०१४ को विश्वकपमा जर्मनीले आधा दर्जन गोलको उपहार दिँदै नयाँ परिभाषा दिन खोज्यो । जर्मनीसँगको लज्जास्पद हार पछि ब्राजिललाई सम्हालिन केहि वर्ष लाग्यो । कतिपय पुराना खेलाडी बाहिरिँदा नयाँ कलाले टिममा प्रवेश पायो । तर टिम सम्हालिन भने सकेन । एक खेलमा जीत निकाल्दा अर्को खेलमा भने हारको नतिजा लिन बाध्य भयो ब्राजिल ।

ब्राजिललाई छैठौँ विश्वकप सहित अन्य ट्रफि चुमाउने सपना बोकेर २०१२ देखि टिम सम्हालेका लुइज फेलिप स्कोलारि जर्मनीको आक्रमणबाट घाइते हुँदै बिदा भए । स्कोलारीको पालोमा डुबेको ब्राजिललाई राहत दिन डुंगा प्रशिक्षकको भूमिकामा आए । तर २०१५ को कोपा अमेरीका डुंगाले सोचेको जस्तो भएन । धर्मराउँदै क्वाटरफाइनलसम्म पुगेको ब्राजिलको यात्रामा पाराग्वे बाधक बन्यो । निर्धा्रित समयमा बराबरीमा सकिएको खेलमा पेनाल्टिमा ब्राजिललाई पछार्दै पाराग्वे अगाडी बढ्दा ब्राजिल घर पर्कियो । कोपा अमेरीका २०१६ मा पनि डुंगाले अपेक्षित उद्देश्यमा ब्राजिललाई धकेल्न सकेनन् । नेयमारलाई ओलम्पिक स्वर्ण पदक जिताउने लक्ष्यका साथ टोलीमा समावेश गरिएन भने ब्राजिल पेरूसँग चुक्दै घर फर्कियो ।

कोपाको अनपेक्षित प्रदर्शनपछि डुंगा आँफै पछि सरे । उनि राजिनामा दिँदै जिम्मेवारीबाट टाढा भए । डुंगाले पार लगाउन नसकेको ब्राजिललाई भूमरीबाट बाहिर निकाल्ने साहस गर्दै टिटेले प्रशिक्षकको जिम्मेवारी वहन गरे । बाटो बिराएको ब्राजिललाई पथ प्रदर्शक बन्ने प्रण लिँदै परीक्षा दिन थाले । खेलाडी छनौटदेखी खेल्ने शैलीमा समेत आंशिक सुधार गर्दै टिटे लक्ष्य तर्फ लम्किए । जुन लक्ष्य ३ वर्षपछि आइतबार भेट्टाए । तर विश्वकप २०१८ को यात्रा भने टिटेका लागि खल्लो नै भयो । बेल्जियमसँगको परीक्षामा ब्राजिल पुनः चुक्यो ।

विश्वकप सकिएको १ वर्षपछि आफ्नै घरमा ब्राजिलले कोपा अमेरीका आयोजना गर्यो २०१९ को । टिटेले पनि घरेलु मैदानको फाइदा उठाउने रणनीति तय गर्दै टिम छनौट गरे । पुराना तथा उमेर ढल्केका नामी खेलाडीलाई समेत उनले आराम दिए । जसमा डिफेन्डर डेभिड लुइज र मार्सेलोको पनि नाम समेटियो । आर्थुर, रिचार्लिसन, ग्रावियल जेसुस, काउटिन्हो र एभर्टन जस्ता जोसिलो युवाको टोली लिएर टिटे अगाडी बढ्ने निधो गरे । पोस्टका पर्खाल एलिसन पनि टिटेको यात्राका ठूला सहयोगी भएर निस्किए ।

कोपा अमेरीकाको सुरूवाति खेलमा नै ३(० को जितबाट सुरू गरेको ब्राजिल अन्ततः उपाधि नै चुम्न सफल भयो । आफ्नो बाटोमा आएका सबै अवरोध पन्छाएको ब्राजिलले मेसी सम्मेलित अर्जे्न्टिनालाई पनि हारको स्वाद चखायो । अर्जे्न्टिना पनि ट्रफिका लागि ब्राजिल भन्दा धेरै भोको छ । उसले ठूला उपाधि नचुमेको साँढे २ दशक भइकसकेको छ । सेमीफाइनलमा अर्जे्न्टिना विरूद्ध २(० को जित निकाल्दै फाइनल पुगेको ब्राजिल पेरू विरूद्ध ३(१ को सहज जितका साथ उपाधिमा नाम लेखायो । खेलाउने शैलीमा पूर्ण विश्वास भएका टिटेले टिममा नेयमारको कमी हुन दिएनन् । यदि दिएको भए कोपा अमेरीकामा ब्राजिलको नभएर अर्कै टोलीको नाम लेखिन्थ्यो ।

ब्राजिलले गत सोमबार जितेको कोपा अमेरीका ब्राजिलको १० औँ उपाधि हो । पाँच पटकको विश्व च्याम्पियनले २००७ पछि पहिलो पटक यो उपाधि जित्यो । ब्राजिलले फेयर प्लेमा समेत नाम लेखाउँदा व्यक्तगत उपाधिमा पनि प्रभुत्व रह्यो । लिभरपुलका किपर एलिसनले गोल्डेन ग्लब्स पाउँदा ३६ वर्षे कप्तान ड्यानी आल्भेसले सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे । एलिसनले एकै सिजन ३ वटा गोल्डेन ग्लब्स जितेका छन् । प्रिमियर लिग र च्याम्पयन्स लिगमा गोल्डेन ग्लब्स पाएका उनको प्रदर्शनले कोपा अमेरीकाको ग्लब्स पनि उनलाई नै थमाइयो ।

प्रतिक्रिया दिनुहोस्