Logo

पदमा भागबण्डा नमिल्दा सुनचाँदी व्यवसायी गुल्मीको अधिवेशन स्थगित



Spread the love

२९ असार, गुल्मी – नेपाल सुनचाँदी व्यवसायी संघ गुल्मीको अधिवेशन स्थगित भएको छ । सदरमुकाम तम्घासमा शनिबार एक भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको छैटौं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन ३ महिनाको लागि स्थगित भएको सुनचाँदी व्यवसायी संघ गुल्मीका कोषाध्यक्ष झबिन्द्र सुनारले बताएका छन्।

शनिबार राती अबेरसम्म बसेर छलफल गर्दा पनि पदमा भागबण्डा नमिलेपछि अधिवेशन सारिएको सुनारले बताए । आईतबार सल्लेरी खबरसँग कुरा गर्दै उनले भने, “हामिले नेतृत्व फेर्न चाहन्छौँ तर वर्तमान अध्यक्षले फेरि अध्यक्ष पदमा बस्ने मनसाय व्यक्त गर्नुभयो । अनि कुरा मिल्न सकेन ।” वर्तमान अध्यक्ष बालकृष्ण सुनारले २०६९ सालदेखि लगातार नेतृत्व गरेको उनले उल्लेख गरे ।

अध्यक्ष पदमै कुरा नमिलेपछि अन्य पदमा पनि कुरा मिल्न नसकेको सुनचाँदी व्यवसायी गुल्मीले जनाएको छ । आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भन्दै हिजोदेखि अधिवेशन सुरु भएको थियो ।

३ महिनापछि सर्वम्मतले या त चुनावी प्रक्रियाबाटै भए पनि नेतृत्व छान्ने कोषाध्यक्ष सुनारले दावी गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्