Logo

मर्स्याङ्दी नदीले बगाएर बेपत्ता



Spread the love
सांकेतिक तस्बिर

३० असार, तनहुँ – माछा मार्ने क्रममा मर्स्याङ्दी नदीले बगाउँदा तनहुँमा आइतबार एक जना बेपत्ता भएका छन् । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मर्स्याङ्दी नदीमा माछा मार्ने क्रममा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्णबहादुर कँडेल नदीले बगाएर बेपत्ता भएका हुन् ।

नदीले बगाएर बेपत्ता भएका कँडेलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । केही दिनदेखि लगातार परेको वर्षासँगै बढेको मर्स्याङ्दी नदीले कँडेललाई बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्