Logo

गुल्मीका विप्लव निकट दुई विधार्थी पक्राउ



Spread the love

३० असार, गुल्मी । नेपाल सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट विद्यार्थी संगठनका दुई जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नहरुमा अखिल क्रान्तिकारी विधार्थी सङठनका जिल्ला सचिव विष्णु विश्वकर्मा र राज खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरूलाई आज बिहानै पक्राउ गरिएको बताइएको छ । सरकारद्धारा प्रतिबन्ध लगाई सकेको अवस्थामा पनि विद्यालय सङगठन विस्तार गरेको भन्दै प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ ।

खड्का र विश्वकर्मालाई हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्