Logo

प्रदेशमा रजतले चित्त बुझाएको गुल्मीलाई केन्द्रमा स्वर्ण



Spread the love

३० असार, गुल्मी – काठमाडौँमा जारी ११ औं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा गुल्मीले एक स्वर्ण पदक हात पारेको छ । गुल्मीका लागि मार्शल आर्ट तेक्वान्दो अन्तर्गत ४४ केजी तौल उमेर समुहमा दीपा पुन मगरले गुल्मीलाई स्वर्ण पदक दिलाएकी हुन ।

पुनले पाल्पामा सम्पन्न प्रदेश स्तरीय खेलमा भने रजत हात पारेकी थिईन । प्रदेशमा रजत हात पार्दै उनी केन्द्रका लागि समेत छनोट भएकी थिईन् । ११ औं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गुल्मीबाट ८६ जना खेलाडीले सहभागिता जनाए पनि कुनै खेलाडीले स्वर्ण पदक हात पार्न सकेका थिएनन् ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गुल्मीलाई छात्र ५१ केजी उमेर समुहमा दिपेन्द्र चुदारा र छात्रा तर्फ ४४ केजी उमेर समुहमा दीपा पुनले रजत पदक दिलाउन सफल भएका थिए भने छात्रा ४०० मिटर दौडमा मनिषा सेन र रीता रानाले हाईजम्पमा गुल्मीलाई कास्य पदक दिलाएका थिए ।

प्रदेशमा स्वर्ण पदक विहीन भएता पनि राष्ट्रिय स्तरीय खेलबाट स्वर्ण पदक प्राप्त गर्दा खुसी लागेको जिल्ला खेलकुद कार्यालय गुल्मीका प्रमुख डिल्ली विश्वकर्माले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्