Logo

एन्फाका १० यु–१६ खेलाडीलाई ब्राइट फ्युचरको छात्रावृत्ति



Spread the love

३ श्रावण, काठमाडौं – ब्राइट फ्युचर कलेजले प्लस टु अध्ययनको लागि नेपाली यू-१६ राष्ट्रिय फुटबल टिमका १० खेलाडीलाई छात्रवृति प्रदान गरेको छ ।

टोलीका कप्तान प्रदिप लम्सालसहित १० खेलाडीलाई ब्राइट फ्युचरले यू-१६ नेपाली ११ र १२ कक्षाको लागि पूर्ण छात्रवृति प्रदान गरेको हो ।

शसांक बोहरा, रोशन थापा, निरन्जन मल्ल, प्रमिश गुरुङ, मल्दिना अन्ग्थुपो, टोप बहादुर रत्न, निशान्त रावल, पुकार खड्का र निरज चौधरीले ब्राइट फ्युचरको छात्रावृत्ति पाएका छन् । छात्रवृति पाउने सबै खेलाडी एन्फा एकेडमीका खेलाडी हुन् ।

छात्रवृति सम्झौता पत्रमा कलेजले बिहिबार खेलाडीसँग हस्ताक्षर गरेको छ । सम्झौतासँगै कलेजले सहभागिता जनाउने फुटबल प्रतियोगितामा खेलाडीहरुले कलेजको लागि खेल्नु पर्ने हुन्छ ।

यस्तै ब्राइट फ्युचरले कलेजको स्पोर्ट्स डाइरेक्टरमा पूर्व राष्ट्रिय टोलीका गोलकिपर प्रशिक्षक नबिन महर्जनलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्