Logo

कतै तपाईको पानी कम खाने बानी त छैन ?यदि छ भने निम्तिन सक्छ यी समस्याहरु



Spread the love

केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ। तर, पानी बिना भने असम्भव नै छ। पानी हाम्रो शरीर महत्वपूर्ण अंश हो।विज्ञहरुका अनुसार शरीरमा पानीको मात्रा निरन्तरता दिन दैनिक ८ गिलास पानी पिउने गर्नुपर्छ । पानी कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायत हुन्छ। शरीरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ । पानी कम हुँदा स्वास्थ्यमा यी समस्या आउँछ :

१. डिहाइड्रेसनः शरीरमा पानी अभाव हुँदा डिहाइड्रेसनको समस्या लगायत अन्य समस्या निम्त्याउँछ।

२. कब्जियतः शरीरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या देखापर्छ ।

३. शरीरमा तापक्रम बृद्धि गर्छः शरीरमा पानीको मात्र कम हुँदा शरीरको तापक्रम घट्छ। शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ।

४. पेटको अल्सरः शरीरमा पानीको अभावमा पेटको अल्सर हुन्छ। यसले पाचन प्रक्रियामा असर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ।

५. जोर्नी दुख्छः जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरीर पोल्ने र जोर्नीमा पीडा हुन्छ।

६. रक्तचाप घट्छः शरीरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ।

७. मुटुको धड्कन बढ्छः जब शरीरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असहज बनाउँछ।

८. पाचन प्रणालीमा समस्याः पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ।

९. कमजोर र धमिलोः शरीरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ।

प्रतिक्रिया दिनुहोस्