Logo

सिरहामा पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तनावग्रस्त !



Spread the love

सुभेन्द्र दास

४ साउन, लहान : सिरहाको बन्दिपुर स्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै राजमार्गमा चक्काजाम गरिएको हो ।

 

सर्पले टोकेपछि उपचारका लागि शर्पदंश उपचार केन्द्र बन्दिपुर गएका अन्दाजी २२ वर्षीय तिलक बरालको मृत्यू भएपछि आक्रोशित स्थानीयहरु चक्काजाम गरेको प्रहरीले जनाएको छ । केही समय त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । शुक्रबार सर्पले टोकेको ९ मिनेटमै आफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका बरालको उपचारमा लापरवाहीका कारण मृत्यू भएको आफन्तको आरोप छ ।

उनको अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको पीडित परिवारको आरोप छ । उपचारको लागि दक्ष चिकित्सक नहुँदा पनि त्यहीं राखेको र अन्तिम अवस्थामा रिफर गरिएको भन्दै पीडित परिवार र आफ्न्तले राजमार्ग अवरुद्ध पारेका थिए । बराललाई गौमन सर्पले टोकेको थियो ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमति गर्ने शर्तमा विहानैदेखिको चक्काजाम ११ बजे खुलाइएको बताएपनि सहमति हुन नसकेपछि अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बनेको छ ।

आन्दोलनकारीहरुले चक्काजाम जारी राखेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुने सम्भावना देखिएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्