Logo

महाभारत कालका यी ९ व्यक्ति, जो आज सम्म पनि जीवित छन् !



Spread the love

महाभारतको युद्ध सकिएपश्चात पनि अनेकौं योद्धाहरु जीवित रहेका थिए । त्यसमध्ये १८ जना व्यक्तिहरुलाई विशेष अभिरुचीको साथ खोजी गर्दै पढ्ने एवम् तीनको कथा/उपकथा सुन्ने गरिन्छ । युद्धपश्चात कौरव तर्फबाट ३ जना जीवित रहेका थिए भने पाण्डवको तर्फबाट १५ योद्धा जीवित बचेका थिए ।

कौरवको तर्फबाट कृतवर्मा, कृपाचार्य र अश्वत्थामा जीवित रहेका थिए भने पाण्डवको तर्फबाट युयुत्सु, युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव, कृष्ण, सात्यकि आदि जीवित रहेका थिए । धर्मगुरुहरु बताईरहेका छन्- ती मध्ये नौं जना आज पनि विभिन्न स्थानमा देखिने गरेका छन् । जसको छोटकरीमा यहाँ चर्चा गरिनेछ:

१. महर्षि वेदव्यास:
महर्षि वेदव्यासको नाम कृष्ण द्वैपायन थियो । उनी पराशर ऋषि एवम् सत्यवती पुत्र थिए । वेदलाई चार भाग विभाजित गरेका कारण उनलाई वेदव्यास नामले पुकार्न थालियो । उनले गणेश भगवानको हातबाट महाभारत लेखाएका थिए ।

वेदव्यास

उनी पहिलो वेदव्यास भने होइनन् । उनी भन्दा पहिले पनि वेदव्यासहरु थिए । उनी २८ औँ वेदव्यास हुन् ।  सन्तनु-सत्यवती पुत्र चित्राङ्गत र विचित्रविर्यको  अल्पायूमै मृत्यु हुँदा हस्तिनापुरको उत्तराधिकारी जन्माउनको निम्ति पराशर-सत्यवती पुत्र व्यास आमाको आज्ञा पालन गर्दै  हस्तिनापुर गए । महर्षि  व्यासको शक्तिले प्राप्त पुत्रहरू धृतराष्ट्र, पाण्डु र विदुरमध्येमा  धृतराष्ट्रको सन्तान हुन सकिरहेको थिएन् । धृतराष्ट्र पत्नी गान्धारीको अनुनयविनय पश्चात व्यासको कृपाले धृतराष्ट्रलाई ९९ वटा पुत्र एवम् एक पुत्री प्राप्त  भएको पढ्न पाइन्छ । महर्षि व्यास पितामह भीष्मको सौताने भाइ थिए ।

ऋषि वेदव्यास त्यस्ता ऋषिमा गनिन्छन् जसले द्वापर र कलिको अनुभव सम्हाल्ने सौभाग्य पाएका छन् । मानिन्छ- महाभारत युद्धपश्चात उनी निकै समयसम्म सार्वजनिक जीवनमा रहेका थिए । त्यसपछि उनी जपतप र ध्यानको लागि हिमालय पर्वतको शृंखलामा फर्किए । कलियुग शुरु भएपश्चात वेदव्यासको बारेमा कुनै पनि ठोस जानकारी पाइदैन ।  शास्त्रहरुमा उनलाई कल्की अवतारको रुपमा पढ्न पाइन्छ  ।

२. महर्षि परशुराम
महर्षि परशुराम रामायण काल भन्दा अघि देखि नै जीवित थिए । उनको पिताको नाम जमदग्नी तथा माताको नाम रेणुका थियो । जमदग्नि भने ऋचीक-सत्यावतीको छोरा थिए।

महर्षि परशुराम

रामायणमा परशुरामको उल्लेख सिता स्वयंवरको समयमा भेटिन्छ । जतिखेर भगवान श्रीराम सीता स्वयंवर लागि शिवको धनुष तोडीदिन्छन् । तब महर्षि परशुराम सभामा आइपुग्छन् ।

यस्तै महाभारतमा महर्षि परशुरामको उल्लेख पहिलोपटक त्यतिबेला गरिन्छ जतिखेर उनी भीष्म पितामहको गुरु बनेका हुन्छन् । एक प्रसंगको अनुसार उनको भीष्मसँग युद्ध पनि भएको थियो । यस्तै दोस्रोपटक त्यतिबेला उनको उल्लेख भेटिन्छ- जब उनी भगवान श्रीकृष्णको सुदर्शन चक्र प्रदान गरिरहेका हुन्छन् । यस्तै तेस्रोपटक उनी कर्णलाई ब्रम्हास्त्रको शिक्षा दिँदै गरेको अवस्थामा भेटिन्छन् ।

मानिन्छ- महर्षि परशुराम आजसम्म पनि जीवित छन् । उनी महर्षि वेदव्यासकै जस्तै कलियुगमा कल्की अवतार रहनेछन् । कठिन तपस्याबाट प्रसन्न भएर भगवान विष्णुले उनलाई कलियुगको अन्तसम्म तपस्यारत अवस्थामा भूलोकमा रहने वरदान दिएका छन् ।

३. महर्षि दुर्वासा
महर्षि दुर्वासा अत्यन्त क्रोधित ऋषि थिए । रामायणको अनुसार महर्षि दुर्वासा राजा दशरथको भविष्यवक्ता थिए । उनले रघुवंशको लागि धरै भविष्यवाणी गरेका थिए ।

महर्षि दुर्वासा

अर्को तर्फ महाभारतमा महर्षि दुर्वासाले कुन्तीलाई  विशेष शक्ति सहितको  मन्त्र दिएका थिए । महर्षि दुर्वासा द्रोपदीको परिक्षा लिनको लागि आफ्नो दस हजार शिष्यको साथ उनको कुटीमा जान्छन् । एक पटक भगवान कृष्णको पुत्र साम्बको श्राप दिदै गर्दा पनि उनको उल्लेख गरिएको छ । उनलाई पनि चिरन्जीवी हुने वरदान प्राप्त भएको थियो ।

४. जामवन्त
परशुराम र हनुमानको भन्दा पनि लामो उमेर अग्नि पुत्र जामवन्तको रहेको छ । उनको जन्म सत्ययुगमा राजा बलिको कालमा भएको थियो । त्रेतायुगमा भगवान रामको साथ रहेका जामवन्त द्वापर युगमा भगवान श्रीकृष्णको ससुरा हुन् ।

जामवन्त

भगवान श्रीकृष्णले स्यमंतक मणिको लागि जामवन्तसँग युद्ध लडेका थिए । उक्त लडाईमा जब श्रीकृष्णद्वारा जामवन्त पराजित भए तब उनले आफ्नो प्रभु श्रीरामलाई पुकारेका थिए । तत्क्षण जामवन्तको पुकार सुनेर भगवान श्रीकृष्णले उनलाई आफ्नो श्रीराम स्वरूपको दर्शन दिएका थिए । त्यतिबेला जामवन्तले समर्पित भावका साथ आफ्नो भूल स्वीकारेर भगवान श्रीकृष्णलाई मणि फर्काइदिएका थिए । साथै भगवान श्रीकृष्णसँग आफ्नो पुत्री जाम्बवतीसँग विवाह गर्नको लागि निवेदन गरेका थिए । जाम्बवती-श्रीकृष्णको संयोगबाट महाप्रतापी पुत्र साम्बको जन्म भएको थियो । तर भगवान श्री कृष्णको कुलको नाश हुनुको कारण भने साम्ब नै थिए ।

भगवान श्रीरामबाट वरदानको कारण जामवन्त  कल्की अवतारमा आज पनि जीवित छन् ।

५. हनुमान
सर्वशक्तिशाली एवम् भक्तजनहरुको कृपालु हनुमानको कारण नै राम- रावण युद्धमा श्रीरामले विजयश्री प्राप्त गरेका थिए । उनको प्रताप चारै युगमा उत्तिकै रहेको छ । त्रेतायुगमा श्रीरामको साथ रहेका उनी द्वापर युगमा श्रीकृष्णसँग पनि थिए ।

हनुमान जी
सायद धेरैलाई विश्वास नलाग्ला । महाभारतको युद्धमा हनुमानको कारण नै पाण्डवलाई  विजय मिलेको थियो । अर्जुन तथा श्रीकृष्णलाई उनैले रक्षाको वचन दिएका थिए । तत्पश्चात उनी अर्जुन-श्रीकृष्णको रथको ध्वजमा विराजमान भएका थिए ।

हनुमानको चर्चा सुनाइरहँदा सायदै कसैलाई उनको अर्को किस्सा थाहा होला । उनले भीमको अभिमान चुरचुर पारेर टुक्राईदिएका थिए । हनुमान र भीम कुनै एक जंगलमा थिए । त्यतिबेला भीमले हनुमानसँग आफ्नो पुच्छर हटाउन भनेका थिए । तत्क्षण उनले रिसाउँदै भीमलाई तपाई यति बलशाली हुनुहुन्छ तपाइँ नै हटाइदिनुस भनेर भनेका थिए । भीम पनि आक्रोशमा आए । तर भीमले आफ्नो सारा शक्ति लगाएर पनि हनुमानको पुच्छर हटाउन सफल भएनन् । त्यसपछि भीमले बुझे कि हनुमान कुनै साधारण बाँदर होइनन् ।

६. मयासुर

रामायणको उत्तरकाण्डको अनुसार मयासुर, कश्यप ऋषि एवम् उनकी पत्नी दितिका सुपुत्र हुन् । उनी ज्योतिष, वास्तुकला एवम् शिल्पकलाको प्रखर विद्वान थिए ।

मयासुरको लागि तस्बिर परिणाम

रावण पत्नी मन्दोदरीको पिता अर्थात् रावणको ससुरा हुन् – मयासुर । देवताहरुको शिल्पी विश्वकर्मा थिए भने दानवहरुको शिल्पी मयासुर थिए । मयासुरले रामायण कालमा विभिन्न भवन एवम् शस्त्रअस्त्रहरूको निमार्ण गरेका थिए । यसको मतलब उनी सत्ययुगमा पनि थिए।

मयासुरले महाभारतमा युधिष्ठिरको लागि सभाभवनको निर्माण गरेका थिए । जो पछी मयसभाको नामले सुप्रसिद्ध भयो । यसै सभाको वैभवको देखेर दुर्योधन पाण्डवसँग इर्ष्या गर्न थालेका थिए। धार्मिक अनुयायीहरु यो पनि बताउँछन् कि महाभारतको लडाई हुनुमा कहिँ न कहिँ यस भवनको विशालता र वैभव पनि थियो ।

मयासुरले द्मवारिका नगरीको निर्माण गरेर अहम भूमिका निभाएका छन् । मयले दैत्यराज वृषपर्वनको यज्ञको अवसरमा बिन्दुसरोवरको नजिकै एक विलक्षण सभागृहको निर्माण गरेर आफ्नो अदभुत शिल्पकलाको परिचय दिएका थिए । मयासुर पनि आजसम्म जीवित छन् ।

७.अश्वत्थामा
द्रोणाचार्य पुत्र अश्वत्थामा रुद्रको अवतार थिए । अश्वत्थामालाई महाभारत युद्धमा  कसैले पनि हराउन सकेका थिएनन् । यो बताउन मुस्किल छ कि आजसम्म अश्वत्थामा जीवित छन् कि छैनन् । उनलाई भगवान श्रीकृष्णले ३ हजार वर्षसम्म आफ्नो सशरीर भट्किन पर्ने श्राप दिएका थिए ।

अश्वत्थामाको लागि तस्बिर परिणाम

पिता द्रोणाचार्यलाई छलकपट पूर्ण तरिकाले मारेको रिसमा अश्वत्थामाले रातिको समय द्रौपदीका पुत्रको वध गरिदिए तब पाण्डव क्रोधित भएर उनलाई खोज्न थाले। अश्वत्थामालाई खोज्दै उनीहरु महर्षि वेदव्यासको आश्रममा पुगे। अश्वत्थामाले देखे कि पाण्डव आफुलाइ मार्न आएका हुन अनि उनले पाण्डवको नाश गर्न ब्रम्हास्त्र प्रहार गरे। कृष्णले भनेपछि अर्जुनले पनि ब्रम्हास्त्र चलाए। दुइवटै ब्रम्हास्त्रको अग्नीले सृष्टी जल्न थाल्यो। सृष्टीको संहार भएको देखेर महर्षि वेसव्यासले अर्जुन र अश्वत्थामालाई आ- आफ्नो ब्रम्हास्त्र फिर्ता लिन आदेश दिए ।

अर्जुनले तुरन्त आफ्नो अस्त्र फिर्ता लिए, तर अश्वत्थामालाइ ब्रम्हास्त्र फिर्ता लिने कुनै ज्ञान थिएन । त्यसैले आफ्नो ब्रम्हास्त्रको दिशा बदलेर अभिमन्युकी पत्नी उत्तराको गर्भतर्फ गरिदिए । अनि भने मेरो यो अस्त्रको प्रभावले पाण्डवका वंश समाप्त हुनेछ। तब श्रीकृष्णले अश्वत्थामालाइ भने कि तेरो अस्त्र अवश्य नै अचूक छ, तर उत्तराको गर्भबाट उत्पन्न मृत शिशु पनि जीवित हुनेछ।

यस्तो भनेर श्रीकृष्णले अश्वत्थामालाइ श्राप दिए कि ‘तँ तीन हजार वर्षसम्म पृथ्वीमा भट्किने छस् र तैले कसैसँग कुरा गर्न सक्ने छैनस। तेरो शरिरबाट पीप र रगत बगिरहनेछ। यसपछि अश्वत्थामाले महर्षि वेदव्यासको कुराले आफ्नो मणि निकालेर पाण्डवलाइ दिई आफै वन तिर हिँडे।

हालसम्म उनी जीवित छन् कि छैनन् भन्ने कुनै पुष्टि त् छैन तर भविष्यपुराणको हवाला दिदै केहि व्यक्तिहरु भन्ने गर्छन कि जब कलियुग समाप्त हुन्छ तब कल्की अवतार देखिनेछ । त्यसबेला कल्कीका साथ उनी धर्मको विरुद्ध लड्नेछन् ।

८. कृपाचार्य
महाभारतको अनुसार कृपाचार्य कौरव एवम् पाण्डवहरुको कुल गुरु थिए । कृपाचार्य गौतम ऋषि पुत्र हुन् । यिनको बहिनीको नाम कृपी हो । कृपीको विवाह द्रोणाचार्यसँग भएको थियो । कृपाचार्य अश्वत्थामाको मामा हुन् ।

कृपाचार्य

महाभारतको युद्धमा कृपाचार्यले पाण्डवहरुको विरुद्ध रही कौरवहरुको साथ दिएका थिए । कृपाचार्यको गणना सात चिरन्जीवीहरुमा गनिन्छ, जसमा विभिषण एवम् राजा बलि सामेल छन् ।

९. ऋषि मार्कण्डेय

भगवान शिवको परम भक्त हुन्- ऋषि मार्कण्डेय। उनले भगवान शिवलाई  तपमार्फत  प्रसन्न बनाइ महामृत्युजन्य मन्त्र सिद्धि गरेका थिए ।

ऋषि मार्कण्डेय

मार्कण्डेय ऋषिले  वनवासको दौरान युधिष्ठिरलाई रामायण सुनाएर धैर्य राख्न सल्लाह दिएका थिए । अर्को  तर्फ महर्षि जैमिनी महाभारतको युद्धको जीतलाई लिएर कृष्णको भूमिकामा संदिग्ध थिए । तब मार्कण्डेय ऋषिले नै उनको सन्देहलाई निवारण गरेका थिए । उनलाई भगवान शिवले चिरन्जीवी हुने वरदान दिएका थिए।

(एजेन्सीको सहयोगमा )

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्