Logo

जङ्गली च्याउ खाँदा ३ बिरामी



Spread the love

६ साउन, दाङ – जङ्गली च्याउ खाँदा तीन जना बिरामी भएका छन् । च्याउ खाँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ६८ वर्षीया दुर्गा रेग्मी, उनका ३१ वर्षीय छोरा जीवराज र २० वर्षीया छोरी संगीता बिरामी परेका हुन् ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार दुर्गा र जीवराजको अवस्था गम्भीर छ । उनीहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्