Logo

यस्ता मानिसहरुलाई लामखुट्टेले बढी टोक्ने गर्छ



Spread the love

जहाँ पनि लामखुट्टेले टाेकेर मानिसलाइ आजित बनाएकाे छ । लामखुट्टेकाे टाेकाइबाट जाेगिन मानिसले अनेक उपायहरू अपनाउँछन् । तर एक अध्यननले ओ पोजेटिभ रक्त समुह भएका मानिसलाई लामखुट्टेले बढी टोक्ने देखाएको छ ।

रक्त समूह ओ हुनेहरुलाई : जर्नल अफ मेडिकल इन्टोमोलोजीमा सन् २००४ मा प्रकाशित एक अध्ययनको अनुसार ओ ग्रुप समूहका मानिसलाई अन्य रक्त समूहको तुलनामा बढी लामखुट्टे आकर्षित गर्छ ।उक्त अध्ययनले ओ पछि लामखुट्टेका लागि रक्त समूह ए, बी र अन्त्यमा एबी मन पर्ने देखाएको छ ।

गर्भवती महिलालाई : बढी ऊर्जा (मेटाबोलिक रेट) खर्चिने मानिसमा बढी लामखुट्टे आर्कर्षित हुन्छ । ऊर्जा खर्च गर्दा अझै बढी कार्वनडाइअक्साईड निस्काशन हुन्छ ।अन्यको तुलनामा गर्भवती महिलाले अझै बढी मेटाबोलिजम निस्काशन गर्छ।

मस्क्युटो म्यागनेट जिन हुने : तपाईको शरिरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टे झुम्मिन्छन्। सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ। मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी शरीरमा झुम्मिन्छ।

प्रतिक्रिया दिनुहोस्