Logo

सडक दुर्घटनामा परी गुल्मीमा १९ जनाले ज्यान गुमाए, सचेत बन्न ट्राफिक प्रहरीको अनुरोध



Spread the love

६ साउन, गुल्मी – गुल्मीमा आर्थिक वर्ष २०७५/७६ मा १९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७५ /७६ मा साना तथा ठुला गरि २९ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीले जनाएको छ । २९ वटा सवारी साधन दुर्घटनाबाट ११ जना पुरूष, ४ जना महिला र ४ जना बालबालिकाको ज्यान गएको हो । त्यस्तै सवारी दुर्घटनाबाट ३२ जना गम्भीर घाईते भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रमुख प्रविन आर्चयले बताए ।

यो वर्ष ६ हजार ३ सय ८९ सवारी साधन कारबाहीमा परेको र ३९ लाख ७ हजार राजश्व सङ्कलन भएको आचार्यले उल्लेख गरे ।

दुर्घटना न्युनिकणको लागी सचेतना

जिल्लामा दुर्घटना बढेसँगै जिल्ला ट्राफिक कार्यलय गुल्मीले विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले यो वर्ष २ हजार ४ सय २३ जना विद्यार्थीलाई दुर्घटना न्यनीकरणको बारेमा प्रशिक्षण दिएको छ । १४ जना सवारी चालकलाई सुरक्षित चालक बनाउन कक्षा सञ्चालन गरी प्रशिक्षण दिइएको थियो भने सवारी चालक र सहचालक गरी ९ सय ६५ जनालाई व्यवसायी बनाउन कक्षा सञ्चालन गरी प्रशिक्षण दिइएको थियो ।

ट्राफिक कार्यलय गुल्मीले १ हजार २ सय ३१ सर्वसाधरणलाई प्रशिक्षण दिएको थियो । ६० जनासँग अन्तरक्रिया गर्नुका साथै १३ चरणमा गरी दुर्घटना न्युनीकरण सम्बन्धि १ हजार ६ सय २० पर्चा, पम्प्लेट वितरण गरिएको र सडकमै चालकको स्वास्थ्य परिक्षण जस्ता विविध कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

चालकलाई सचेत बन्न ट्राफिक प्रमुख आर्चायको आग्रह

जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रमुख प्रविन आचार्यले चालकलाई सचेत बन्न आग्रह गरेका छन् । सोमबार सल्लेरी खबरसँगको विशेष कुराकानीमा उनले सो कुरा उल्लेख गरेका हुन् ।

गुल्मीका बाटाहरू साघुँरा छन् र पहाडी जिल्लामा भएका अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीको कारण हुने भन्दै चालकलाई सचेत बन्न आग्रह गरेका हुन् । आचार्यले ट्राफिक जनशक्तिको अभाव रहेको र जिल्लाको सिमलटारी, वामी, शान्तिपुर र पुर्कोट दहमा ट्राफिक प्रहरीको अन्यन्तै आवश्यक रहेको र आँफुहरुले यसका लागि पहल गरेको बताए ।

सवारी साधन दुर्घटनाबाट हुने पिडा निकै असह्य हुनाका साथै सानो गल्तीका कारण ज्यान नै जाने हुदाँ पैदल यात्रुहरु पनि सचेत हुनुपर्ने उनले विचार व्यक्त गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्