Logo

मायामा पर्दा स्वास्थ्यमा पुग्दछ अनगिन्ती फाइदाहरु



Spread the love

माया गर्नु वा कसैको मायाजालमा पर्नु जो आफैँमा विशेष अनुभूति हो, जसको अनुभव माया गर्नेलाई मात्र थाहा हुन्छ । मायाले एक अर्कामा सुमधुर सम्बन्ध गास्ने अवसर मात्र नभई स्वास्थ्यमा पुर्‍याउँछ अभूतपूर्व फाइदाहरु :

छालामा चमक ल्याउँछ

मायामा पर्दा बेग्लै किसिमको अनुभव हुन सक्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको महसुस हुने हुनाले तपाईंको छालामा चमक आफै आउँछ ।

डिप्रेसनसंग लड्न सक्ने शक्ति

माया गर्ने व्यक्तिको साथ र हात पाएसंगै डिप्रेसनलाई सजिलै हराउन सकिन्छ । विज्ञहरुको अनुसार मायाले इन्ड्रोफिन्स लगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्‍याउँछ । शरीरमा यस हर्मोनको मदतले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँछ ।

कमजोरीबाट टाढै राख्छ
मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम देखिन्छ ।

रक्तचाप नियन्त्रण गर्छ
एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा निक्कै कम थियो । तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ ।

तनाव कम हुन्छ
राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनाव लगायतलाई हराउन सहयोग गर्दछ । यसबाहेक तपाई खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ ।

उपचार छिटो

हो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ । एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो । निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ ।

दीर्घायुको अवसर
मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने मौका दिन्छ । जोडीमध्ये एउटालाई समस्या पर्दा अर्काेलाई आफ्ना समस्या सेयर गर्ने र छलफल गरि समाधानको उपाय समेत खोज्ने हुँदा समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ ।

शारीरिक तन्दुरुस्ती
मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्