Logo

कोक खाएको १ घण्टाभित्र तपाइँको शरीरमा के-के हुन्छ ?



Spread the love

what happen after drinking coke in one hour ?को लागि तस्बिर परिणाम

काठमाडौं । सफ्ट ड्रिंक्ससँग जोडिएको एउटा समाचारले विश्वमा खलबली मच्याएको छ । ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकले आफ्नो एक ब्लगमा कोल्ड ड्रिंक्स खाएपछि शरीरको भित्र हुने प्रभावका बारेमा केही कुरा बाहिर ल्याएका छन् । त्यससँगै विश्वभरका मानिसहरूले  उनका कुराप्रति उत्सुकता देखाएका छन् ।

उनले यस ब्लगमा कोकाकोला खाए कोडेली मेलका अनुसार नाइकले एक ग्राफिकका माध्यमबाट बताएका छन् कि कोल्ड ड्रिंक्सले शरीरको आवश्यक खनिज पदार्थ बाहिर ल्याउँछ र मानिस मानसिक र शारीरिक रुपमा बदलिन थाल्दछ ।

आउनुहोस् जानौं कोक खाएको १ घण्टाभित्र तपाइँको शरीरमा के-के हुन्छ ? 

पहिलो १० मिनेट

जब तपाई एउटा कोकाकोला खानुहुन्छ तब तपाईको शरीरमा १० चम्चा चिनी भित्र जान्छ । यो मात्रा २४ घण्टामा लिएको चिनीको मात्रा बराबर हुन्छ । अचानक यति मिठो खाइपछि तपाईलाई बान्ता पनि हुन सक्छ तर त्यसमा मिसीएको फास्टोरिक एसिडका कारण यसो हुँदैन ।

२० मिनेटपछि

कोक आएको २० मिनेटपछि खाने मानिसको ब्लड सुगर एकदमै बढ्छ । जसका कारण शरीरको लिबरले शरीरमा प्रतिक्रिया गर्छ र मोटोपना बढ्न जान्छ ।

४० मिनेटपछि

त्यसपछि तपाईको शरीरमा क्याफिनको मात्रा छिटोछिटो  बढ्दै जान्छ । अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ । जसका कारण तपाईको लिबरले रगतमा अझ बढी चिनीका मात्रा पुर्याउँछ । जसको कारण मस्तिष्कमा रगत जान कम हुन्छ ।

४५ मिनेटपछि

त्यसपछि तपाईको शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्दछ । शरीरले डोपामाइनको उत्पादन बढाउँछ र दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ ।

६० मिनेछपछि

खाएको १ घण्टापछि तीन प्रक्रिया हुन्छ :

१. फास्फोरिक एसिडले तपाईको शरीरको भित्रि भागमा क्याल्सियम, मेग्निसियम र जिंकलाई एकस्थानमा जम्मा पार्छ । जसका कारण मेटाबोलिज्म  बढ्छ । चिनी र अन्य आर्टिफिसियल मिठासको बढ्दो मात्राका कारण मेटाबेल्जिक रेट थप बढ्छ । यसपछि मानिस पिसाब  फेर्न जान बाध्य हुन्छन् । त्यसपछि पिसाबको माध्यमबाट र क्याल्सियम बाहिर निस्कन्छ  ।

२. क्याफिनलाई तरल बनाउने गुणले असर देखाउन थाल्छ । अनि तपाईलाई  पटकपटक पिसाब लाग्न थाल्छ । जसका कारण तपाईको शरीरबाट क्याल्सियम, मेग्निसियम र जिंक र सोडियम बाहिर जान्छ, जुन तपाईको हड्डीमा जानुपर्ने हो ।

३. जसरी यो प्रक्रिया हुन्छ ।  मिठोपनको असर बढ्दै जान्छ । अनि तपाई अल्छी बन्न थाल्नुहुन्छ । त्यसपछि पनि कोकमा भएको पानी युरिनद्वारा बाहिर निक्लदै गइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्