Logo

गुल्मीमा मृतकका परिवारलाई १० हजार र दाह संस्कार खर्च गाउँपालिकाले उपलब्ध गराउने



Spread the love

८ साउन, गुल्मी – सोमबारदेखी परेको अविरल वर्षाका कारण ज्यान गुमाएका ११ जनाको दाहसंस्कार खर्च गाउँपालिकाले उपलब्ध गराउने भएको छ । साथै प्रत्येक मृतकका परिवारलाई १० हजार रकम समेत वितरण गरिने सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका छन् ।

अविरल वर्षाका कारण ठुलोलुम्पेकमा ४० र लिम्घामा २० घर विस्थापित भएका छन् । विस्थापित भएका घरधूरिलाई व्यवस्थापन गर्न अत्यन्तै चुनौती रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सल्लेरी खबरलाई बताएका छन् ।

गाउँपालिकामा पहिरोमा परी वडा नम्वर ४ लिम्घांका एकै घरका ८ जन को ज्यान गएको छ । ज्यान जानेमामा ६५ वर्षीया छल्ली बिक, २८ वर्षीया कम्बु बिक, २५ वर्षीया निर्मला बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीया शिवानी बिक रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । त्यस्तै २ जनाको शव निकाल्ने कार्य जारी रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

वडा नम्वर ३ ठुलो लुम्पेकमा ३ जनाको ज्यान गएको छ । ३२ वर्षीया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र ६३ वर्षीय दुर्गाबहादुर सिञ्जालीको पहिरोबाट बच्न भाग्ने क्रममा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्