Logo

लेडी फिङ्गर अर्थात् चिप्ले भिन्डी खादा स्वास्थ्यमा पुग्दछ यस्ता फाइदाहरु



Spread the love

सागसब्जीको कुरा गरौ या फलफूलको मौसम अनुकुल सेवन गर्नु फलदायी हुन्छ । लेडि फिङ्गर अर्थात् चिप्ले भिन्डीलाई उसिनेर खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ ।

१. चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको विषालु तत्वलाई कम गराउन मदत गर्छ । क्यान्सर हुनेलाई भिन्डी निक्कै फाइदाजनक हुन्छ ।

२. भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल भएको हुन्छ ।

३. यसको प्रयोगले केस लामो समयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवनले मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउँदा केसलाई मुलायम बनाउँछ ।

४. भिन्डीले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५. हरियो भिन्डीमा रहेको आइरन तत्वले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईंलाई एनीमियाबाट बचाउँछ । साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न मदत गर्छ ।

६. यसमा भएको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

७. भिन्डीले ब्लडमा सुगरको मात्रालाई कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्