Logo

बढ्दो तनाव, अनियमित दिन चर्याका कारण कम्मर दुख्न सक्छ, यसबाट छुटकारा पाउने घरेलु उपायहरु



Spread the love

विशेषगरी कम्मर दुख्ने समस्या ४५–६४ उमेर समूहको मानिसलाई हुन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या प्रत्येकमा उत्पन्न भएको छ ।

धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्दा समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएमा यसबाट केहि हदसम्म छुटकारा पाउन सकिन्छ ।

कम्मर दुख्नुका कारणहरु :
– मांसपेशिहरुमा अत्यधिक मात्रामा तनाव
– अत्याधिक तौल
– बसाईको तरिका गलत हुनु
– अग्लो हिल भएको जुत्ता लगाउनु
– अत्यधिक गह्रुँगो तौल उठाउनु
– लामो समयसम्म बिरामी हुनु
– अत्यधिक नरम डसनामा सुत्दा

यसबाट बच्ने घरेलु उपायहरु :
– ताउलाई आगोको सानो आँचमाथि बसालेर त्यसमाथि ज्वानो राख्ने र एकछिन चलाउनुहोस् । त्यो चिसो भएपछि थोरै मुखमा हाल्नुहोस् र बिस्तारै चपाउनुहोस् र निल्नुहोस् । यसको नियमित सेवनले कम्मर दुख्ने

– धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् ।

– नुन हालेको तातो पानीमा रुमाल हालेर निचोर्नुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुखेको ठाउँमा रुमालले सेक्नुहोस् । कम्मर दुखाईबाट राहत पाउनका लागि यो अचुक उपाय हो ।

– नरम सीट, म्याट्रेस, डनलपमा नबस्नुहोस्, नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ ।

– क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस् ।

– कराईमा दुई तीन चम्चा नुन हालेर त्यसलाई राम्रोसँग तताउनुहोस् । यो नुनलाई अलि मोटो सूतीको कपडामा बाँधेर पोको बनाउनुहोस् । उक्त पोकोले कम्मरमा सेक्नुहोस्, आराम प्रदान गर्दछ ।

– कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो ।

– अफिसमा काम गर्दा कहिले पनि ढाडको सहारामा नबस्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्