Logo

काम नसकी रंगशाला हस्तान्तरण नगर्ने चिनियाँ कम्पनीको अडान



Spread the love

९ साउन, काठमाडौं । चिनियाँ कम्पनी चाइना रेलवेले निर्माण सकेपछिमात्र दशरथ रंगशाला दिने अडान राखेसंगै नेपालले फिफा विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सुरूमा ‘अवे म्याच’ खेल्नका लागि गृहकार्य थालेको छ।

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट प्रतियोगिता अन्तर्गत नेपालले असोज २८ गते भित्र तीन वटा ‘होम म्याच’ खेल्ने तय भएको छ।

नेपालले भदौ १९ गते कुवेतविरुद्ध , भदौ २४ गते चाइनिज ताइपेईविरुद्ध र असोज २८ जोर्डनविरुद्ध घरेलु मैदानमा खेल्ने खेल तालिका सार्बजनिक भएसंगै दशरथ रंगशालामा होम म्याच खेलाउने तयारी सुरु गरिएको थियो। तर चिनियाँ कम्पनीले सम्झौताअनुरुप निर्माण सकेपछि मात्र रंगशाला दिने अडान राखेका छन्।

दशरथ रंगशाला उपलब्ध हुनेमा शंका बढेसंगै तीन वटै ‘होम म्याच’ लाई ‘अवे म्याच’ बनाउन अखिल नेपाल फुटबल संघले तीन वटा देशको फुटबल संघलाई अनुरोध गर्दै पत्रचार गरेको छ।

दशरथ रंगशाला तयार उपलब्ध नभएको तथा विपक्षी टिमले होम म्याचलाई अवे बनाउन स्विकार नगरेको अवस्थामा भने नेपालले तेस्रो देशमा खेल खेल्नु पर्नेछ। तेस्रो देशमा खेल खेल्दा खर्चिलो हुने कतिपयको तर्क छ।

चाइना रेलवेले रंगशालाको फ्लाडलाइट, ट्र्याक, स्कोरबोर्ड र साउन्ड सिस्टम बनाउने जिम्मेवारी लिएको छ। ट्र्याकको काम सकिए पनि अन्य काम अझै सकिएको छैन।

प्रतिक्रिया दिनुहोस्