Logo

युभेन्ट्सद्वारा आफ्नै देशको प्रतिद्धन्दी इन्टर–मिलान पराजित



Spread the love

९ साउन, काठमाडौं । प्रि–सिजन भ्रमणमा रहेको युभेन्ट्सले आफ्नै देशको प्रतिद्धन्दी इन्टर–मिलानलाई हराएको छ । गएराती चीनमा भएको इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो ।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएसंगै खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

युभेन्टसका लागि निर्धारित समयमा क्रिष्टियानो रोनाल्डोले एक गोल गरेका थिए भने युभेन्टसकै माटियास डे लिटले एक आत्माघाति गोल गरेपश्चात इन्टर मिलानले उपहार पाएको थियो । युभेन्ट्स टाइ ब्रेकरमा ४–३ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्