Logo

रुघा लागेर तनाबमा हुनुहुन्छ भने दिनहुँ सेवन गर्नुहोस् रायोको साग



Spread the love

रायोको सागमा भिटामिन–ए प्रशस्त मात्रामा पाइने भएकोले रतन्धो लगायत रोगबाट केटाकेटीलाई जोगाउँछ ।

रुघा लागेको बेलामा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुनेछ ।

पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति सेवन गर्नाले पाचनशक्ति बलियो बन्नुका साथै भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।

रायोको गेडाको धुलोलाई तातोपानीमा हालेर कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।

बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको धुलोलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्