Logo

यदि तपाईं मोटोपनाबाट पीडित हुनुहुन्छ भने ढिला खानुहोस्



Spread the love

तपाईं कसरी खानुहुन्छ ? छिटो या ढिला या ठीक्कैसंग । खाने तरिका सबैको फरक फरक हुन्छ । तर, यदि तपाईं मोटोपनाबाट हैरान हुनुहुन्छ भने ढिला खाने गर्नुहोस् । मोटोपनाबाट छुटकारा चाहन्छौ भने ढिला खाने गर्नुपर्छ भन्ने तथ्य जापानी अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।

जापानमा ६ वर्ष लामो गरेको अनुसन्धानले छिटो–छिटो खाना खाने मानिसमा भन्दा ढिला या सामान्य हिसाबले खाने मानिसमा मोटोपना कम हुने सम्भावना म भएको देखाएको छ ।

अध्ययनका अनुसार छिटो खाना खाने ४४.८ प्रतिशत मानिस मोटोपनाको समस्याबाट पीडित थिए भने ढिला खाने २१.५ प्रतिशत अन्यको तुलनामा कम मोटा थिए।

केहीमानिसले आफ्नो खाने गतिमा परिवर्तन गरे । त्यसक्रममा ढिला खाने बानी भएका मानिसमा मोटोपना हुने सम्भावना कम भएको पाइयो । ‘तर खाने बानी परिवर्तन मोटोपना घटाउने रणनीतिका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिदैंन भनेर यो अध्ययनबाट भन्न सकिदैंन,’ अध्ययनकर्ताहरु बताउँछन् ।

तर ढिला खाँदा हामीले अघाएको थाहा पाउँदै जान्छौं र कम खान्छौं । चाँडो खाँदा भने अघाएको संकेत दिने हार्मोन नै निस्कन पाउँदैंन ।

प्रतिक्रिया दिनुहोस्