Logo

नेपालमै पहिलो पटक गुल्मीमा ऐतिहासिक महायज्ञ सञ्चालन हुँदै



Spread the love

१० साउन, गुल्मी । नेपालमै पहिलो पटक गुल्मीमा ऐतिहासिक महायज्ञ आयोजना गरिने भएको छ ।

नेपालका चार धाम मध्ये एक प्रमुख तथा महत्त्वपूर्ण धाम रुरु क्षेत्रधामलाई विश्व सामु पहिचान गराउने उद्देश्यले ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुला दान महोत्सव एवम् सङ्गीतमय लिलामय श्रीमद्भभागवत ,पितृ मोक्ष,विराट ज्ञानमहायज्ञको आयोजना गरिएको विश्व विख्यात श्रीमद्भभागवत कथा प्रवक्ता बाल योगेश्वर महाराजले बताएका छन् ।

ऐतिहासिक तथा धार्मिक क्षेत्र रुरु क्षेत्र धाम रिडीमा सञ्चालन हुन लागेको विराट ज्ञानमहायज्ञको प्रमुख वाचक पनि उनै विश्व विख्यात श्रीमद्भभागवत कथा प्रवक्ता बाल योगेश्वर महाराजबाट भागवत कथा प्रवचन हुने आयोजकले जानकारी दिएका छन् ।

यही भदौ २८ गते देखी असोज १७ गते सम्म सञ्चालन हुने महायज्ञमा सोह्रश्राद्धको अवसरमा सम्पूर्ण पितृहरूको विधिवत् श्राद्ध ,एक्काइस करोड दीप प्रज्वलन , ५१ हजार भन्दा बढिएको तुला दान ,५१ सय कलश पुजन ,२५ हजार भन्दा बढी सत्तरी वर्ष भन्दा माथि उमेर पुगेका नागरिकहरूलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

साथै पितृ श्रद्धाको लागी १०८ बत्ती , आफ्नो घरको एक मुठी माटो आफ्नो गोत्र , नाम थर र फोटो सहित उपस्थित हुन ज्ञानमहायज्ञका प्रमुख वाचक बाल योगेश्वर महाराजले अनुरोध गरेका छन् ।

साथै ज्ञानमहायज्ञमा उमेर पुगेका इच्छुक व्यक्तिहरूको धार्मिक विधि अनुसार २ हजार १ सयमा विवाह समेत हुने आयोजकले जानकारी गराएको छ ।

महायज्ञमा पाँच लाख भन्दा बढीलाई सहभागिता गराउने आयोजकको उद्देश्य रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्