Logo

महामारी फैलिन नदिन स्वास्थ्यकर्मीको टोली पहिरो प्रभावित क्षेत्रमा



Spread the love

११ साउन, गुल्मी – अविरल वर्षासँगै पहिरोमा पुरिएर १३ जनाले ज्यान गुमाई पिडामा डुबेको गुल्मीको सत्यवती गाउँपालिकाको पहिरो ग्रस्त क्षेत्रमा आजदेखी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

सोमबारदेखी परेको अविरल वर्षाका कारण वडा नम्वर ३ लिम्घा र वडा नम्वर ४ ठुलोलुम्पेकमा गरि १३ जनाले ज्यान गुमाएका थिए भने कयौँ पशुचौपाय पहिरोमा पुरिएका छन् । पशुचौपाय पहिरोमा पुरिएको र त्यसबाट थप महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै स्वास्थ्यकर्मीको टोली सो स्थानमा परिचालन गरिएको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर शिला ढकालले जानकारी दिइन् ।

जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर सुनिल ज्ञवालीको नेतृत्वमा ९ सदस्यीय स्वास्थ्यकर्मीको टोली पहिरो ग्रस्त क्षेत्र ठुलोलुम्पेकमा परिचालन गरिएको हो । उक्त टोली एक हप्ता पहिरो प्रभावित क्षेत्रमा खटिने र आवश्यक परे थप स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै समयावधि पनि बढाउन सकिने डा. शिला ढकालले उल्लेख गरिन् ।

डा. सुनिल ज्ञवाली नेतृत्वको स्वास्थ्य टोली र ठुलोलुम्पेक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थयकर्मीले सहकार्य गरी स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्