Logo

पहिरोमा परी गुल्मीमा बालकको ज्यान गयो, पाँच भन्दा बढी घाइते



Spread the love

अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा गुल्मीमा एक बालकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ छापचौरका विष्णु परियारको घर बगाउँदा १३ वर्षीय चुन्ने परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पहिरोमा परेर २८ वर्षकी खिमा परियार, ३३ वर्षका प्रदीप परियार, २५ वर्षका भेष कुमार परियार, १२ वर्षका साजन परियार र १ वर्षका सोनी परियार घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अहिले पुर्तिघाट प्रहरी चौकी र भुर्तुङ प्रहरी चौकी उद्दारमा घटिएको बताइएको छ ।

गत सोमवार अविरल वर्षा सँगै गएको पहिरोका कारण जिल्लाको सत्यवती गाउँपालिका १३ जनाले ज्यान गुमाएका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्