Logo

गुल्मीमा भिरबाट लडेर एक जनाको ज्यान गयो



Spread the love

१२ साउन, गुल्मी । गुल्मीमा भिर बाट लडेर एक जनाको ज्यान गएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ म्याग्दी बस्ने ५१ वर्षीय गोविन्द सुनारको ज्यान गएको वडा नम्बर ७ वडाका अध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिएका छन् ।

सुनार स्थानीय लाटीलोटे भन्ने भिरबाट करिब ३७ मिटर तल खसेको बताइएको छ । मृतकको शव लाई अहिले पोस्ट मार्टमको लागी प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष पन्थीले बताएका छन् । घटनाको बारेमा अझ फप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्