Logo

हेपाटाइटिस ‘बी’ नियन्त्रणमा



Spread the love

१२ साउन, काठमाडाैँ – नेपालसहित अन्य ३ देशले हेपाटाइटिस ‘बी’ नियन्त्रणमा ल्याई स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हात परेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हेपाटाइटिस नियन्त्रणमा ल्याउनेमा अन्य देश बङ्गलादेश, भुटान र थाइल्याण्डसमेत छन् । सुसुप्त मृत्यु रोगका रुपमा रहेको हेपाटाइटिस बी लाई ५ वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरी ती देशले नियन्त्रणमा ल्याएको सङ्गठनले जनाएको छ ।

हेपाटाइटिसको खोप बालबालिकालाई निःशुल्क उपलब्ध हुने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो खोपको पहुँच ९० प्रतिशत भन्दामाथि रहेको छ । खोपले बालबालिकालाई डरलाग्दो सङ्क्रमण, कलेजोको क्यान्सर तथा सिरोसिको जोखिम घटाउने चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्