Logo

चीनको जियाङसु सनिङले बेललाई भित्राउन गरेको प्रयास रियलद्वारा सहजै अस्वीकार



Spread the love

१३ साउन, काठमाडौं ।नयाँ सिजनमा गेराथ बेललाई रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानले टोलीमा राख्न रुचाएका थिएनन् । एक पटक उनले ४८ घन्टा भित्रमा बेलले क्लब छाडी सक्नेसम्म बताएका थिए ।

चीनको एक क्लबले बेललाई भित्राउन गरेको प्रयासलाई रियलले अस्वीकार गरेको छ । चीनको सुपर लिग टोली जियाङसु सनिङले बेललाई भित्राउने गरेको प्रयास रियलले अस्वीकार गरेको हो ।

प्रति साता उनलाई १ मिलियन पाउन्डमा चिनिया क्लबले भित्राउन चाहेको थियो । तर, रियलले आइतबार दिउँसो प्रस्ताव सहजै अस्वीकार गरेको छ । क्लबको पछिल्लो अवस्थालाई मनन गर्दै सम्भवतः अब रियल बेललाई नबेच्ने मनस्थितिमा बनाएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्