Logo

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा



Spread the love

१३ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बेलुकी ५ बजे बोर्ड बैठक पश्चात नतिजा प्रकाशनका गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको थियो । दुई वर्षअघिसम्म साइन्स समूहको नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजसम्म लाग्ने गरेको थियो ।

यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक भएको हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए हासिल गरेका हुन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ ।

३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् ।

१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

आशिंक तर्फ परीक्षामा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् ।

यसरी हेर्न सकिन्छ नतिजा
Type NEB <space> Symbol Number and send SMS to 31003.
कक्षा १२ को नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसै गरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्