Logo

काङ्ग्रेसको अन्तरिम सङ्गठन संरचनासम्बन्धी छलफल



Spread the love

१४ साउन, काठमाडाैँ – नेपाली काङ्ग्रेसको गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका आन्तरिक विषयदेखि समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।

सोमबारको बैठक विशेषगरी विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउने विषयमा केन्द्रित रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्बे, गगनकुमार थापा, गुरुराज घिमिरे, वीरबहादुर बलायर, प्रवक्ता विश्वप्रकाश शर्मा, किरण यादव, बहादुरसिंह (लामा) तामाङ र आमन्त्रित केन्द्रीय सदस्य रमा कोइराला (पौडेल) ले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक आज १४ गते दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्