Logo

ढुङ्गाले लागेर हुलाकी घाइते



Spread the love

१४ साउन, मुगु – मुगुमा ढुङ्गाले लागेर एक हुलाकी घाइते भएका छन् । जिल्ला हुलाक कार्यालयमा कार्यरत छायानाथ रारा नगरपालिका–९ मुर्माका ५० वर्षीय हरिबहादुर रोकाया घाइते भएका हुन् ।

रोकाया छायानाथ रारा नगरपालिकाबाट खत्याड गाउँपालिकातर्फ फकिर्ने क्रममा पातीहाल्नेमा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका हुन् । उनको टाउको र छातीमा चोट लागेको छ । रोकायालाई रु तीन लाख ८० हजार भाडा तिरेर हेलिकप्टरमा उपचारका लागि नेपालगन्ज लगिएको उनका काका जनकबहादुर रोकायाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्