Logo

रोनाल्डोले छैटौं पटक ब्यालोन डी’ओर जित्ने प्रबल सम्भावना



Spread the love

१४ साउन, काठमाडौं । युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस वर्षको ब्यालोन डी’ओर अवार्ड आफैंले जित्नेमा आशावादी रहेका छन् ।

बालोन डी ओरमा रोनाल्डो र अर्जेन्टिना तथा बर्सिलानोका स्ट्राइकर लियोनल मेस्सीबीच कडा प्रतिस्पर्धा भईरहेको छ । दुवैले पाँच पाँच पटक यो उपाधि हात पारेका छन् । तर, गत वर्ष मेस्सी र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिड तथा क्रोएशियाका लुका मोड्रिचले बालोन डी ओर अवार्ड पाएका थिए ।

युभेन्टसमा उच्च प्रदर्शन गरेका ३४ वर्षीय रोनाल्डो सिरी ए को वर्षको उत्कृष्ट खेलाडी पनि घोषित भएको थियो । पोर्चुगलका लागि स्टार रोनाल्डोको च्याम्पियन्स लिगमा प्रदर्शन उच्च नै रह्यो। र युभेन्टसलाई क्वार्टरफाइनलसम्म पुर्‍याउन पनि महत्वपूर्ण भूमिका बहन गरेका थिए ।

पोर्चुगललाई यूईएफए नेसन्स लिगमा उपाधि दिलाउनका लागि रोनाल्डोको महत्वपूर्ण योगदान रहेको थियो । यही आधारले युभेन्टसका रोनाल्डोले बालोन डी ओर जित्ने अपेक्षा गरिएको छ ।

रोनाल्डोलाई व्यावसायिक फुटबल खेलाडीको रुपमा प्राप्त गरेको सफलता र उनले विश्व जगतमा पाएको चर्चाका कारण ‘मार्सा लेजेन्ड’ अवार्डबाट सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्