Logo

उत्कृष्ट सात किसानलाई गुल्मीमा सम्मान



Spread the love

१४ साउन, गुल्मी । गुल्मीमा उत्कृष्ट ७ जना किसानलाई सम्मान गरिएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले व्यावसायिक रूपमा कृषि पेसा गर्दै आएका सातै वडाका सात जना किसानलाई सम्मान गरेको हो ।

पछिल्लो समयमा कृषि पेसालाई हेला गर्न प्रवृत्ति बढ्दै गएको र किसानलाई व्यावसायिक रूपमा कृषि पेसामा आकर्षित गर्न उद्देश्यले किसानलाई सम्मान गरिएको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले बताए ।

यसरी गाउँपालिकाबाट सम्मानित हुनेमा वडा नम्बर एकबाट टेक बहादुर रजायली , वडा नम्बर दुईबाट पुनम रजायली , वडा नम्बर तीनबाट ढोल बहादुर रजायली , वडा नम्बर चारबाट ऋिसीराम अर्याल ,वडा नम्बर पाँच बाट खड्का बहादुर ढेंगा , वडा नम्बर ६ बाट अमर कुवंर र वडा नम्बर सातबाट मान बहादुर कार्की रहेका छन् ।

सम्मानित सबै किसानलाई चार हजार नगद , प्रशंसा पत्र र कृषि सामाग्री समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम अन्तर्गत किसानलाई सम्मान गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्त्ररता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्