Logo

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु



Spread the love

१४ साउन, काठमाडाैँ – जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एकजना बिरामी परेका छन् ।

जङ्गली च्याउ खाँदा फाल्गुनन्द गाउँपालिका–५ कि सुनिता चेम्जोङको मृत्यु भएको वडाध्यक्ष अबिन्द्र चेम्जोङले जानकारी दिए । सुनिताकी सासू सन्तमाया चेम्जोङ बिरामी परेकी छन् । दुबै जनाले साउन ७ गते जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि बिरामी परेका थिए । सुनिताको विराटनगर नर्सिङहोममा उपचारका क्रममा आज मृत्यु भएको हो । सन्तमायाको झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष चेम्जोङले बताए ।

प्रतिक्रिया दिनुहोस्