Logo

डुबेर बालकको मृत्यु



Spread the love

१५ साउन, उदयपुर – उदयपुर जिल्लाको कटारी नगरपालिका–८ स्थित थलियास्थित ललरी खोलामा मंगलबार एक ११ वर्षीय बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मृत्य हुनेमा कटारी–८ का गङ्गाबहादुर पुलामी मगरको छोरा हर्कबहादुर रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

दिउँसो २ बजेतिर चार जना साथीसँग ललरी खोलामा पौडी खेल्न गएका मगरको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । अहिले हर्कबहादुरको शव परीक्षणका लागि अस्पतालमा लगिएको इप्रका कटारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्