Logo

जिम्बाब्वेका क्रिकेटरहरू टी–२० विश्वकप छनोट निःशुल्क खेल्न तयार



Spread the love

१५ साउन, काठमाडौं । जिम्बाब्वेका क्रिकेटरहरू टी–२० विश्वकप छनोट प्रतियोगिता निःशुल्क खेल्न तयार भएका छन् । आफ्नो देशमा क्रिकेट जोगाईराख्न उनीहरु निःशुल्क खेल्न राजि भएका हुन् ।

जिम्बाब्वे क्रिकेटलाई आईसीसीले निलम्बन गरेको छ, जसले गर्दा उसको विश्वकप छनोट दोधारमा परेको छ । तर क्रिकेटहरुले भने तलब दिए पनि वा नदिए पनि आफूहरु देशका लागि खेल्न तयार रहेको बताएका छन् ।

जिम्बाब्वेले निलम्बनका बाबजुद पनि द्वीपक्षीय सिरिजहरु खेल्न पाउनेछ, यसका लागि आईसीसीले म्याच अफिसियिल नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्