Logo

नियमित मन्दिर जाँदा पुग्न सक्छ हाम्रो जीवनमा यी फाइदाहरु



Spread the love

अहिले साउनको महिना चलिरहेको छ। यो महिनाको सुरुवातसँगै मन्दिर जानेको संख्यामा उल्लेख्य वृद्धि हुने गर्छ । बाह्रै महिना नियमित मन्दिर जाने मानिसहरू पनि समाजमा प्रशस्तै छन् । शान्ति प्राप्त हुने भएकाले मानिसहरू मन्दिर जाने गर्छन् ।

हिजोआज मन्दिर जाने संस्कारमा पनि निक्कै परिवर्तन भएको छ । घरनजिकै मन्दिर हुन्छ तर बाहिरैबाट यसो हात जोडेर बाटो लाग्ने, मन्दिरभित्र नछिर्ने प्रचलन बढ्दो छ ।

प्रत्येक दिन मन्दिर जाने व्यक्तिमा तनाव, चिन्ता, अवसाद एवं मानसिक रोग हुँदैन । तर यसका लागि मन्दिर गएर हात जोडेर मात्र पुग्दैन । नियमपूर्वक प्रार्थना, पूजा वा जपपाठ गर्नुपर्छ ।

हुन त आजका मानिसलाई व्यस्तताका कारण सधैँ मन्दिर जाने फुर्सद पनि हुँदैन । तर त्यसो हो भन्दैमा मन्दिर निर्माण गर्नु तथा मन्दिर जानुका पछाडि जुन रहस्य लुकेको छ त्यसलाई अनि अध्यात्मको मर्मलाई बेवास्ता गर्नु राम्रो होइन । हरेक दिन मन्दिर जानुका लाभ छन् । केकस्ता छन्  ?

आकस्मिक दुर्घटना

प्रतिदिन मन्दिर जाने हो भने जीवनमा आइलाग्ने आकस्मिक दुर्घटनाबाट जोगिन सकिन्छ । जीवन शान्त तवरले बित्छ ।

भूतप्रेतको डर

नियमित मन्दिर जाने व्यक्तिको मनमा सकारात्मकता बल अधिक मात्रामा हुन्छ । यसले गर्दै भूत, प्रेत, पिचासजस्ता नकारात्मक ऊर्जा त्यस्ता व्यक्तिबाट टाढै रहन्छन् ।

ग्रह बाधा

नियमित मन्दिर जाने मानिसलाई कुनै पनि प्रकारको ग्रह एवं नक्षत्रको नकारात्मक असर पर्दैन । ग्रहबाधाबाट मुक्त भइन्छ ।
रोग वा बिरामी हुने डर

नियमित नियमपूर्वक मन्दिर जाने मानिसलाई कुनै पनि प्रकारको रोग तथा बिरामी हुने डर रहँदैन । त्यस्ता व्यक्ति व्रत, उपवास, यम, नियम आदि पालन गर्ने हुन्छन् ।

शोक वा दुःख

मन्दिर जाने बानीले मानिसमा विश्वास एवं आत्मबलको सञ्चार हुन्छ जसले गर्दै मनमा कुनै पनि प्रकारको शोकसुर्ता रहँदैन । उसमा हरेक अवस्थामा समभावमा रहनसक्ने शक्तिको विकास हुन्छ ।

अड्डा, अदालत, जेलको झमेला

नियमित मन्दिर जाने मानिसमा कुन सही र कुन गलत भनेर छुट्याउन सक्ने क्षमता विकास हुन्छ । ऊ कुनै पनि प्रकारको फाल्तु झगडामा फस्दैन ।

ऋणमुक्ति

प्रतिदिन मन्दिर जाने व्यक्तिको जीवनमा कहिल्यै पनि संकट आउँदैन र ऊ ऋणमा पनि डुब्दैन । सानातिना ऋण भइहाले पनि त्यसले कुनै फरक पार्दैन ।

रोजगार

बेरोजगार मानिस नियमित मन्दिर जान सुरु गर्‍यो भने उसले केही दिनमै भरपर्दो रोजगारी पाइहाल्छ । मन्दिर नियमित जाने व्यक्तिलाई यस्तो समस्या कहिल्यै आउँदैन पनि । मनमा कुनै पनि प्रकारको बोझ नलिई हरेक काम ईश्वरप्रति नै समर्पण गरेर कर्म गर्ने भएकाले यस्ता व्यक्तिले बेरोजगार बसिरहनु पर्दैन ।

चिन्ता एवं तनाव
नियमित मन्दिर जाने मानिसमा त्यस्तो प्रकारका कुनै डर नहुने भएकाले उसको मन सदा प्रसन्न एवं तनावरहित हुन्छ ।

घरझगडा

प्रत्येक दिन मन्दिर जाने मानिसको मन मस्तिष्कमा चिन्ता, क्रोध एवं कलहको बीउ बाँकी रहँदैन । उसले घरमा समेत खुसियाली छर्दछ ।

प्रतिक्रिया दिनुहोस्