Logo

लागुऔषधसहित पक्राउ



Spread the love

१६ साउन, काठमाडाैँ – चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बाँके नेपालगञ्ज घर भएका ५५ वर्षीय अब्दुल सलामलाई लागुऔषध ब्राउनसुगर १२१ ग्रामसहित बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख १३६ नंको यात्रुबाहक बस जाँच गर्नेक्रममा बसमा सवार अब्दुललाई उक्त लागुऔषध ब्राउनसुगरसहित फेला पारिएको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–१ सानोगौचरन डेरा गरी बस्ने सर्लाहीका विनोद साहको कोठाबाट गएराति करीब रु एक लाख ५० हजार बराबरको विभिन्न सुनका गहना चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्